पोखरा १५ मा चौथो वडा खेलकुद महोत्सव सुरु
पाेखरा | माघ ५, २०८२
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै मेयर आचार्यले सवै उमेर समुहकालाई समेटेर वडाको खेलकुद गतिविधीलाई समेट्ने गरी वडा खेलकुद महोत्सवको आयोजना गरी खेलकुद महोत्सव आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे ।
वडा नं १५ संस्कृतिमा धेरै धनी रहेको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, ८ दशकको इतिहाँँस बोकेको आइएनएफ हस्पिटल, सिद्ध परोपकार सहितको बैदिक गुरुकुल देखि आधुनिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था समेत पोखरा १५ मा रहेको र सवैलाई समेटेर वडाले कार्यविधी बनाएर खेलकुदको गतिविधी गराएकोमा वडा अध्यक्षलाई धन्यवाद ब्यक्त गरे ।
खेलकुदका गतिविधी संगै खेलकुदमा ख्याति कमाएका ब्याक्तित्वहरुलाई समेत सम्मान गरेर स्रहानिय काम गरेको मेयरको भनाइ रहेको थियो । महानगरका ३३ वटै वडामा हरेक वडा एक कार्यक्रम गर्ने उद्देश्य सहित काम गरिरहदा पोखरा १५ ले खेलकुद क्षेत्रलाई समेटेर अगाडी बढेकोमा वडा प्रति आभार ब्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको विभिन्न खेलकुदमा सहभागी पाँच जना खेलाडीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बक्सिङका एसियन गेमका चित्र बहादुर गुरुङ, फुटबलका बिजय गुरुङ, करातेका लक्ष्मण कुँवर, र सचिन बि.क. फुटबलका शिव श्रेष्ठ रहेका छन ।
त्यसैगरी खेल्छ गण्डकी अन्तर्गतको टेनिस खेलका वडा नं १५ मा रहेको अति विपन्न परिवारका ९ जना टेनिस खेलाडीहरुलाई पौष्टिक खाद्यान्न वितरण गरिएको छ । खेलाडीहरु सुमित विश्वकर्मा, आदित्त सुनार, कुस सुनार, लभ सुनार, सुप्रिया सुनार, इनुला परियार, स्वस्तिका विश्वकर्मा, अनमोल सार्की र शरण विश्वकर्मालाई पौष्टिक खाद्यान्न वितरण गरिएको हो ।
त्यसैगरी महोत्सवको पूर्व सन्ध्यामा वडा कार्यालय परिसरबाट महोत्सव स्थल बन विज्ञान अध्ययन संस्थान सम्म आयोजित झाँकी तथा ¥याली प्रतियोगितामा जनजागृति आमा समुह प्रथम, स्यानी मजुवा बसुन्धरा मार्ग आमा समुह दितिय र ब्रह्मकुमारी इश्वरीय विश्विद्यालय पोखरा १५ तृतीय भए भने सिद्धेश्वर परोपकार गुरुकुल आश्रम र वेलनन एकेडेमीले शान्तवना स्थान हाँसिल गरे । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र शान्तवना स्थान हाँसिल गर्नेले क्रमश नगद ५, ४, ३ र १५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी विद्यालय तर्फ थ्री एन्जल मिसन स्कुल, शिद्ध मावी, टोल बिकास तथा युवा क्लव तर्फ फलेपाटन, अलकापुर टोल बिकास संस्था, युवा क्लब तर्फ गलेश्वर युवा क्लब र दिव्यज्योती क्लब उत्कृष्ट भए ।
सम्मानित तथा पुरस्कृतहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्य, वडा अध्यक्ष तोरण बहादुर बानियाँ, वडा सदस्यहरु तथा वडा प्रतिनिधीहरुले पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाबासीलाई खेलकुदको माध्यामबाट आपसी भाइचारा अभिवृद्धि संगै सम्पूर्ण ३३ वटै वडालाई समेट्ने उद्देश्यका साथ खेलकुद महोत्सवको आयोजना गरिएको बताए । वडाभित्र रहेका विभिन्न संघ संस्था आमा समुह, संघ संस्था, समाज, टोल बिकास, विभिन्न विद्यालयको सहभागीताले महोत्सवको उद्घाटन सत्र उल्लासमय बनेको उनको भनाइ रहेको थियो ।
खेलकुद महोत्सव संगै वडाले स्वास्थ्य शिविरलाई समेत निरन्तरता दिइरहेको र महोत्सव स्थल बनविज्ञान अध्ययन संस्थामा निशुल्क सुगर परीक्षण र प्रेसर चेकजाँचको ब्यवस्था मिलाईएको उनको भनाइ रहेको थियो । त्यसैगरी खेलकुद महोत्सवकै अवसरमा रक्तदान संगै कुष्ट रोगको बारेमा सचेतनामुल कार्यक्रम समेत आयोजना गरिने छ ।
खेलकुद महोत्सव अन्तर्गत माघ ६ गते देखि महिला पुरुष ब्याटमिन्टन, युनि हक्की, भलिवल, सडक दौड, साइक्लिङ, ह्वीलचियर दौड, बास्केटबल, डोरीतान लगायतका खेलहरु हुने प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए । खेलकुद महोत्सवको उद्घाटन खेल दिपज्याती युवा क्लब र गलेश्वर बीचको खेल निर्धारित समय बराबरीमा सकिएपछि पेनाल्टीमा ४–३ गोल अन्तरले पराजित गर्दै दिपज्योती युवा क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा अलकापुर टोल बिकास संस्थाले फलेपाटन श्री १५ ४–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।
त्यस्तै विद्यालय तर्फको पहिलो खेलमा सिद्ध माविले थ्री एन्जललाई ४–० गोल अन्तरले पराजित गर्यो महोत्सवमा फुटवल तर्फ टोल तथा युवा क्लब तर्फ १० र विद्यालय तर्फ ९ वटा विद्यालयको सहभागीता रहेको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

